मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी पराजित, लिभरपुल शीर्ष स्थानमा

लगातार दोस्रो हारपछि म्यानसिटी १३ औँ स्थानमा, लिभरपुल तीन खेलमै अपराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इंग्लिस प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी पराजित भएका छन् । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग १-० गोलले पराजित भएको हो ।

एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन डोमिनिक स्जोबोस्ज्लाईले निर्णायक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको ८३ औँ मिनेटमा डोमिनिकले फ्रिकिकमा गोल गर्दै लिभरपुललाई जित दिलाएका हुन् ।

जितसँगै लगातार तीन खेलमा जित निकालेको लिभरपुल ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा रहेको छ ।

यस्तै गएरातिनै भएको अर्को खेलमा म्यानचेस्टर सिटी ब्रिघटनसँग २-१ गोलले पराजित भएको हो । अमेरिकन एक्प्रेस स्टेडियममा भएको खेलमा ब्रिघटनलाई जित दिलाउन जेम्स मिल्नर र ब्राजन ग्रुडाले समान एक/एक गोल गरे । सिटीको लागि इर्लिङ ब्राउट हालान्डले एक गोल गरे । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा सिटीले लगातार दोस्रो हार बेहोरेको हो ।

जितसँगै ब्रिघटन ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको ११ औँ स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको सिटी १३ औँ स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार