भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

विद्यालय समायोजनलाई लिएर दुई दिनदेखि वडा कार्यालय तालाबन्दी

विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरू आन्दोलनमा उत्रिदा वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि तालाबन्दी लगाइएको छ । माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मङ्गलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो । जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरूसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन गर्नुपरेको प्रयागलाल बुढाले बताउनुभयो ।

यस्तै सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले माझ गाउँवासीलाई मात्रै नभएर आफूलाई समेत कुनै जानकारी नगराई विद्यालय समायोजन गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागिपरेका छन् ।

विद्यालय समायोजन निर्णयविरुद्ध अभिभावकहरू आन्दोलनमा उत्रिँदै वडा कार्यालय बन्द गरेपछि वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प रहेको वडाध्यक्ष बलबहादुर कार्कीले बताउनुभयो ।

सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएका र बाँकी २५ मात्रै विद्यार्थी भएको हुँदा सबै पायक पर्ने भएर बिहानीमा यो विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सबै विद्यार्थी बिहानी जाने भएको हुँदा विद्यालय समायोजन र कर्मचारी पदास्थानको पत्र वडामा आइपुगेको उहाँको भनाइ थियो ।

सिर्जनशील विद्यालय दुई वर्षअघि नै बिहानीसँग समायोजन गर्ने सहमति भएको थियो । अहिले आएर यहाँका अभिभावक आन्दोलित बनेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार