मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

यूएस ओपनमा अमेरिकी पुरुष खेलाडीको उपाधि पर्खाइ २२ वर्षदेखि लम्बियो

रोडिकपछि कुनै अमेरिकी पुरुष खेलाडीले यूएस ओपन जित्न सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं ।टेनिसमा हरेक वर्ष चार ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुने गर्दछ । जसमा, अस्टे«लियन ओपन, फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन रहेका छन् । यसमध्ये यूएस ओपन वर्षको अन्तिम ग्रान्डस्लाम प्रतियोगितामा पर्दछ ।

जारी यूएस ओपन अन्तिमतिर पुगिसक्दा अमेरिकी पुरुष खेलाडीको चुनौती पनि समाप्त भइसकेको छ । जसको कारण यूएस ओपनमा अमेरिकी पुरुष खेलाडीको उपाधि जित्ने पर्खाइ लम्बियो । हुन त महिलातर्फ उपाधि जितिरहेको छ । तर, पुरुषतर्फ भने अमेरिकी खेलाडीले उपाधि जित्न सकिरहेका छैनन् । अमेरिकाका पुरुष खेलाडीले यूएस ओपनमा उपाधि नजितेको यो संस्करणसमेत गरेर २२ वर्ष भइसक्यो ।

पछिल्लो पटक यूएस ओपनमा च्याम्पियन हुने अमेरिकी खेलाडीमाएन्डी रोडिक हुन् । उनले सन् २००३ मा उपाधि जितेका थिए । यसपछि भने कोही पनि घरेलु पुरुष खेलाडीले उपाधि जित्न सकिरहेका छैनन् ।

गत वर्ष टेलर फ्रिज यस प्रतियोगिताको फाइनलमा पुगेका थिए । २७ वर्षीय फ्रिजले अमेरिकालाई सुखद नतिजा दिलाउने आस थियो । तर, उनी फाइनलमा इटालीका राइजिङ स्टार यानिक सिनरसँग सीधा सेटमा पराजित भएका थिए । फ्रिज यसपटक भने क्वार्टरफाइनलबाटै विदा हुन पुगे । उनी नोभाक जोकोभिचसँग पराजित भएका हुन्। त्यसअघि दुई पटक अमेरिकी खेलाडी फाइनलमा पुगेका थिए । आन्द्रे आगासी २००५ मा र रोडिक २००६ मा फाइनलमा पुगेका थिए । उनीहरू एकै खेलाडी रोजर फेडेररसँग पराजित भएका थिए ।

पुरुष खेलाडी कमजोर हुनुको कारणः

-पिट साम्प्रास, आन्द्रे आगासी, एन्डी रोडिक जस्ता खेलाडी अहिले अमेरिकामा देखिँदैन ।

-२००४ पछि रोजर फेडेरर, राफायल नाडाल, नोभाक जोकोभिच जस्ता विश्वस्तरीय खेलाडीको जन्म भयो ।

-उनीहरूले दुई दशकसम्म टेनिस जगतमा वर्चश्व जमाए । जसले गर्दा नयाँ खेलाडीले उनीहरूविरुद्ध दरो चुनौती पेश गर्न सकेनन् ।

-फेडेरर, नाडालले संन्यास लिइसके तर, जोकोभिच अहिले पनि जमिरहेका छन् । साथै सिनर र अलकाराज जस्ता राइजिङ खेलाडीले टेनिसमा पाइला विस्तारै जमाइरहेका छन् ।

-उनीहरूसामु चुनौती पेश गर्ने अमेरिकी पुरुष खेलाडी अझै आउन सकेका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार