भाद्र १, २०८३ सोमबार August 17, 2026

एएफसी यू २३ एसियन कप छनोट : नेपाल ताजकिस्तानसँग पराजित

समूह के मा रहेको नेपालले छनोटको दोस्रो खेल शनिबार सिरियासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल घरेलु टिम ताजकिस्तानसँग पराजित भएको छ। ताजकिस्तानको दुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल ताजकिस्तानसँग ४–० ले पराजित भएको हो।

ताजकिस्तानको लागि अजिजबोएभ मुहम्मदालले २ गोल गर्दा रहमत्जोदा राहमतसोह र सारिपोभ डालेरले १–१ गोल गरे।

पहिलो हाफको ३९ औं मिनेटमा ताजकिस्तानको लागि अजिजबोइभ मुहम्मदालले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै ताजकिस्तानलाई १–० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोर्‍यो। खेलको ५८ औं मिनेटमा अजिजबोइभले हेडरमार्फत ताजकिस्तानका लागि र व्यक्तिगत दोस्रो गोल गरे। उनले २ जना डिफेन्डरको बिचबाट हेडरमार्फत दोस्रो गोल गरेका हुन्।

खेलको ८९ औं मिनेटमा ताजकिस्तानको लागि रहमत्जोदा राहमतसोहले तेस्रो गोल गरे । उनले पेनाल्टी बक्स भित्रबाट २ डिफेन्डलाई बिट गर्दै गोल गरे। थप गरिएको पहिलो मिनेटमा नेपालले चौथो गोल बेहोर्‍यो। ताजकिस्तानको लागि सारिपोभ डालेरले ताजकिस्तानको लागि चौथो गोल गरे।

नेपालले केही राम्रा अवसरहरु पाए पनि गोलमा परिणत गर्न भने सकेन । पहिलो हाफमा नेपालले केही राम्रो फ्रि किकहरू पाएको थियो । तर दोस्रो हाफ भने नेपाल प्राय डिफेन्समा नै व्यस्त रह्यो।

समूह के मा रहेको नेपालले छनोटको दोस्रो खेल शनिबार सिरियासँग खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार