भाद्र ९, २०८३ मंगलबार August 25, 2026

युरोपेली विश्वकप छनोट : एमबापेको गोलमा फ्रान्सको विजयी सुरुआत

समूह ‘सी’ मा ग्रिसले बेलारुसलाई ५–१ ले हरायो भने डेनमार्क र स्टकल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २१ भदौ । केयलिन एमबापेको अन्तिमतिर गरिएको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्दै युरोपेली विश्वकप छनोटमा विजयी सुरुआत गरेको छ ।

शनिबार भएको समूह ‘डी’ को खेलमा फ्रान्सले पहिलो गोल मिचेल ओलिसमार्फत् गरेको थियो । त्यसपछि ८३ औँ मिनेटमा एमबापेले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यससँगै उनले फ्रान्सका लागि थिएरी हेनरीले बनाएको ५३ गोलको कीर्तिमान बराबरी गरेका छन् । फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी ओलिभर गिरोड हुन् ।

यसै समूहको अर्को खेलमा आइसल्यान्डले अजरबैजानलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

समूह ‘सी’ मा ग्रिसले बेलारुसलाई ५–१ ले हरायो भने डेनमार्क र स्टकल्यान्डबीचको खेल गोलरहित बराबरीमा सकियो । यस्तै समूह ‘बी’ मा स्विटजरल्यान्डले कोसोभोमाथि ४–० को जित निकालेको छ भने स्लोभानिया र स्विडेनबीचको खेल २–२ को बराबरीमा टुंगिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार