काठमाडौं । दशरथ रंगशालामा आज सम्पन्न नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ।
शनिबार साँझ खेलिएको प्रतिस्पर्धामा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि फिनिसिङमा कमजोर देखिएपछि कुनै पनि टोलीले परिणाम निकाल्न सकेनन्।
खेल अवधिभर दुवै पक्षले आक्रमण र प्रत्याक्रमणका अवसर पाए तापनि गोलरक्षक र डिफेन्सलाई पार गर्न नसक्दा स्कोरबोर्ड शून्यमै रह्यो।
यससँगै दुई टोलीबीचको दोस्रो खेल आउँदो मंगलबार हुने भएको छ। दोस्रो खेलमा पनि स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउटमार्फत विजेता टुंग्याइनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया