कार्तिक २९, २०८३ आइतबार November 15, 2026

इन्द्रको खटजात्रा इन्द्र दह पुरयाइयो

भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्रजात्रा सम्पन्न हुने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर। भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई आज साँझबाट भक्तपुरमा भव्य रूपमा जात्रा मनाइएको छ।

इन्द्रजात्राका दिन आज साँझ स्थानीयले इन्द्रायणी देवताको मूर्तिलाई खटमा राखेर खटजात्रा गरी ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग इन्द्रदह अर्थात् सिद्धपोखरीमा पुर्याएर जात्रा मनाएका छन्। सिद्धपोखरीमा इन्द्रायणी देवतालाई पुर्याएपछि आज रातभरि र भोलि दिनभर यहाँ भव्य मेला लाग्ने गर्दछ। आज भक्तपुरको साँझ भक्तपुरका विभिन्न क्षेत्रमा देवतालाई घुमाएर सिद्धपोखरी पुर्याएपछि हजारौँको भीडले रातभर जात्रा गरी आइतबार पूर्णिमाको दिनभर मेला लाग्छ।

दिनभरको मेला सकिएपछि साँझ बाजागाजाका साथ पुनः भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहमा भित्र्याएपछि इन्द्रजात्रा सम्पन्न हुने परम्परा छ। नेपाल संवत् २१८ मा इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएको भनाइ संस्कृतकर्मी यज्ञ जोशीले जानकारी दिए। स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास रहेकाले यसलाई ‘ञँकीदह’ पनि भन्ने गरिएको बताउँछन्। यसै दहमा भाद्र शुक्ल चतुर्दशीका ‘चाक मता च्याकेगु’ भनी चारैतिर बत्ती बालेर झिलीमिली बनाइएको छ।

कृष्णदेखि रिसाएका इन्द्रले जनतालाई दुःख दिन ठूलो असिनापानी पारेपछि कृष्णले गोवर्द्धन पहाड औँलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनास्वरुप पनि इन्द्रदहमा मेला लाग्ने गरेको इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। राजतन्त्रको पराजय र जनताको विजयका रूपमा यो जात्रा मनाइने गरेको उनी बताउँछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार