असोज ७, २०८३ बुधबार September 23, 2026

अमेरिकी डलर घट्यो, युरो र पाउन्डसहित अन्य विदेशी मुद्रामा वृद्धि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विनिमयदर, अमेरिकी डलर घट्दा युरो–पाउन्ड बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ।

तर, आज पनि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो।

गएका चारदिन अहिलेसम्मकै सर्वाधिक मूल्यमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०८ पैसा छ। हिजो आज युरो एकको खरिददर १६५ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९२ पैसा थियो।

त्यस्तै आज पाउन्ड एकको खरिददर १९१ रुपैयाँ र बिक्रीदर १९१ रुपैयाँ ८२ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २१ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९३ रुपैयाँ १७ पैसा थियो।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८५ र बिक्रीदर ४६२ रुपैयाँ ८२ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३३ र बिक्रीदर ४६३ रुपैयाँ ३३ पैसा थियो।

आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४२ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश
२०८३ असोज ७, बुधबार
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार