काठमाडौंः नेपाल आयल निगमले पेट्रोलको मूल्यमा समायोजन गरेको छ । निगमले आज मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको जनाएको हो ।
नयाँ मूल्यसूचीअनुसार अब राजधानी काठमाण्डाैं सहित उपत्यकामा १५ किमी क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्रि मूल्य १०७ रुपैयाँ पर्नेछ । यसैबिच डिजेल, मट्टितेल, हवाई ईन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई पुरानै कायम गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया