काठमाडौंः राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले नेपाल शैक्षिक परामर्श संघ इक्यान का पूर्व अध्यक्ष बुद्धि प्रसाद रेग्मीले दिएको अभिव्यक्तिलाई लिएर कडा आपति जनाएको छ ।
नेकाले प्रेस विज्ञप्ति जारी गर्दै भदौ १२ गते दिनको ११३० देखी १३० बजे सम्मको इक्यानको भर्चुअल फोरममा र आफ्नै फेसबुकमा रेग्मीले दिएको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, हाम्रो संस्थाको साख, गरिमामा आँच र्पुयाउने, छवि धुमिल गर्ने तथा अन्तर संस्था बीचको सम्बन्धमै सुदुर भविष्य सम्म खलल र्पुयाउने सो भनाइको हामी घोर भत्सना गर्दछौं ।
मर्यादित संघको एकजना पूर्व अध्यक्षको अमर्यादित भनाइ प्रति अनौपचारिक रुपमा संघका जिम्मेवार पदाधिकारी समक्ष छलफल पश्चात संघको अध्यक्षले अन्तिम दिनको भर्चुअल सेसनमै कार्यक्रमको दौरान अभिव्यक्त धारणाहरु संस्थाको आधिकारिक धारणा नभई निजको व्यक्तिगत धारणा भएको भनिएको भएतापनि वक्ताको सो भनाइलाई संस्थाको र निजको समेत सामाजिक सञ्जालबाट नहटाउनु, कुनै कारवाही नगर्नु कतै अराजकता, अशिष्टतालाई पृस्ठ पोषण त हैन भन्ने गम्भीर आशंका समेत उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया