मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इंग्लिस प्रिमियर लिग : टोटनहम र बर्नमाउथको जितसँगै प्रिमियर लिग शीर्ष चारमा प्रवेश

ब्रेन्टफोर्डसँग चेल्सीको बराबरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २९ भदौ । फाबियो कारभाल्होले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ ।

मोसे काइसेडोले ८५ औं मिनेटम गोल गर्दै चेल्सीलाई २–१ ले अगाडि राखेपछि टिम विजयीतर्फ अग्रसर देखिएको थियो । यसअघि केभिन स्चाडेको गोलले ब्रेन्टफोर्डले अग्रता लिएपछि कोल पाल्मेरले बराबरी गोल फर्काएका थिए ।

यो यो नतिजापछि चेल्सी आठ अंकमा पाँचौं स्थानमा छ । शनिबारका अन्य खेलमा टोटनहमले वेस्ट ह्यामलाई ३–०, न्युकासल युनाइटेडले उल्भ्सलाई १–०, फुलहमले लिड्स युनाइटेडलाई १–० र बर्नमाउथले ब्राइटनलाई २–१ ले हरायो ।

यस्तै क्रिस्टल प्यालेस र सन्डरल्यान्ड तथा एभरटन र एस्टन भिल्लाले गोलरहित बराबरी खेले । बर्नमाउथ र टोटनहम समान नौ अंकम शीर्ष चारभित्र छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार