मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

औलामा खेलमैदान र सामुदायिक भवन निर्माण

स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २९ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।अन्नपूर्ण गाउँपालिकाको रु ४५ लाख अनुदान सहयोग र स्थानीयवासीको श्रमदानमा बास्केटबल, भलिबल खेल सञ्चालन गर्न मिल्ने पक्की खेलमैदानसँगै चारकोठे एकतले भवन निर्माण भएको हो ।

भवन र खेलमैदान निर्माण भएपछि एक सय २५ घरपरिवारको बसोबास रहेको औलाका बासिन्दालाई खेलअभ्यास, प्रतियोगिता सञ्चालन, क्लब, आमा समूहको कार्यालय सञ्चालनमा सहज भएको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताउनुभयो ।

“आर्थिक वर्ष २०७९/ ०८० देखि २०८१/८२ सम्म गाउँपालिकाले वार्षिक रु १५/१५ लाख बजेट विनियोजन गरेको पहिलो वर्ष खेलमैदान ढलान, दोस्रो वर्ष प्यारापिट र भवनको जग निर्माण भएको थियो”, उहाँले भन्नुभयो, “भवन ढलान, कोठा र सटर, छतमा रेलिङ निर्माण, रङरोगन र विद्युत् जडान गरेर आव २०८१/ ८२ मा भवन निर्माणलाई पूर्णता दिएको हो ।”

भवनको दुईवटा सटर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएर क्लबको आम्दानीको स्रोत बनाउने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष डिलबहादुर पुनले बताउनुभयो । करिब ३० वर्षअघि ढलान गरिएको खेलमैदान उप्किएर जीर्ण बनेको थियो । खेलमैदानमा बास्केटबलको फाइवर बोर्ड पनि राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार