असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षा मन्त्रालयद्धारा कक्षा ३ मा अध्ययनरत नुवाकोटकी छात्रा सर्वोत्कृष्ट पाठक घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा कक्षा ३ मा अध्ययनरत नुवकोटकी छात्रा सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी हुन् ।

समाज रुपान्तरणका लागि पुस्तकालय भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस भर्चुअल रुपमा मनाइएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाले कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक भएको घोषणा गरेका थिए ।

कार्यक्रमको अवसर आयोजित भर्चुअल समारोहका प्रमुख अतिथी एवं शिक्षा, विज्ञान तथा प्रविध मन्त्री गिरिराजमणि पोखरेलले उनीलाई भर्चुअल रुपमै प्रशंसापत्र प्रदान गरेका थिए । कोभिड-१९ को विषम परिस्थिति सहज भएपछि एक कार्यक्रमका बीचमा प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरविक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो । यसवर्ष कोरोना भाइरसका कारण भर्चुअल रुपमा पुस्तकालय दिवस मनाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार