मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

टी–२० एसिया कप : सुपर चारमा बङ्गलादेशको विजयी सुरुवात

बङ्गलादेशले लियो श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ६ गते । बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । बङ्गलादेशले श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदलासमेत लिएको छ ।

यसअघि समूह चरणमा बङ्गलादेश श्रीलङ्कासँग ६ विकेटल पराजित भएको थियो । जितका लागि श्रीलङ्काले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै तोहिद हृदयले ५८, कप्तान लिटन दासले २३ र समिम होसेनले १४ रन जोड्नुभयो ।

बलिङमा श्रीलङ्काका वानिन्दु हसरङ्गा र दशुन शनकाले दुई दुई तथा नुवान थुसारा र दुस्मन्था चमिराले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।

श्रीलङ्काका लागि दशुन शनकाले अविजित ६४ रन बनाउनुभयो । यस्तै कुसल मेन्डिसले ३४, पथुम निसन्काले २२, कप्तान चरिथ अस्लङ्काले २१ रन बनाउनुभयो ।

बलिङमा बङ्गलादेशका मुस्तफिजुर रहमानले तीन विकेट लिनुभयो । मेहदी हसनले दुई तथा तास्किन अहमदले एक विकेट झार्नुभयो । सुपर चार अन्तर्गत आइतबार राति भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार