काठमाण्डाैंः बिहीबार सुनकाे मुल्यमा गिरावट आएकाे छ । सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको हाे । बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ५ सय रूपैयाँ तोकिएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रूपैयाँ तोकिएको छ। यो मूल्य बुधबारको तुलनामा २० रूपैयाँ कम हो । बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया