काठमाडौँ । एशिया कप टी–२० क्रिकेटअन्तर्गत सुपर–४ चरणमा आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल अबुधाबीमा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरू हुने छ।
सुपर–४मा समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश पुगेका छन्। एशिया कप टी–२०मा सुपर–४को दोस्रो खेलमा हिजो भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का र पाकिस्तान लामो समयदेखि एकअर्कासँग नखेलेको हुँदा आजको खेल दुवैका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया