काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकामा रहेका महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गर्नुभएको छ ।
महाअष्टमीका अवसरमा आज राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवी ईन्द्रयणी लगायतका शक्तिपीठमा भने भेटी पठाउनु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन गर्ने परम्परा रहिआएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया