श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

सत्य, धर्म र न्यायको विजयको प्रतीक दसैँ : राष्ट्रपति पौडेल

विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजयादशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै समृद्धिको कामना गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, “सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशीर्वाद मान्यजनहरूबाट ग्रहण गर्ने गरिन्छ, यस अवसरमा समग्र राष्‍ट्रमा मेलमिलाप, सद्‍भाव र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै गर्दछु । विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति एवम् मानव जातिको कल्याण गर्ने उहाँको विश्वास छ ।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुने
२०८३ श्रावण १५, शुक्रबार
निजामती मस्यौदामा सूक्ष्म अध्ययन
२०८३ श्रावण १५, शुक्रबार
प्रधानमन्त्री-गृहमन्त्रीमाथि राजीनामाको दबाब
२०८३ श्रावण १५, शुक्रबार
धनुषा कर्फ्युः बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
२०८३ श्रावण १५, शुक्रबार
सेवानिवृत्त संवैधानिक पदाधिकारीलाई दोहोरो सुविधा नदिने गरी ल्याइयो विधेयक
२०८३ श्रावण १५, शुक्रबार
आज शुक्रबार, कस्तो रहला तपाईंको राशिफल ? हेर्नुहोस्
२०८३ श्रावण १५, शुक्रबार
निरन्तर ओरालो यात्रामा सेयर बजार
२०८३ श्रावण १५, शुक्रबार