बैसाख १५, २०८३ मंगलबार April 28, 2026

किंग कोब्रासँग पनि लड्ने न्याउरी : सर्पको विष उसलाई असर नपर्ने वैज्ञानिक कारण

न्याउरी सर्पको विषबाट किन मर्दैन ? यस्तो छ यसको शरीरको अद्भुत रहस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी बाँच्छ कसरी ? हामी सबैलाई थाहा छ कि सर्पको विषको अगाडि ठूला जनावरले पनि हार मान्छन्, मानिसको पनि मृत्यु हुन्छ ।

त्यसोभए न्याउरी सर्पबाट डसिएपछि पनि कसरी लड्छ र कसरी बाँच्छ भन्ने कुरा त कमैले सोच्नुभएको होला । खतरनाक सर्पसँग पनि न्याउरी लड्छ र धेरैलाई पराजय पनि गर्छ । यस्तोमा यो कुरा आउँछ कि यो जीव सर्पको विषबाट पनि कसरी बाँच्छ ? उसको शरीरमा त्यस्तो के हुन्छ, जसले गर्दा विषले पनि असर गर्दैन ?

न्याउरीलाई किन हुँदैन सर्पको विषको असर ?

बच्चा न्याउरीलाई सर्पले खान्छ तर, ठूला न्याउरीले भने सर्पलाई नै टोक्छन् । वास्तवमा न्याउरीको शरीरमा एसिटाइलकोलिन पाइन्छ । यो एक न्यूरोट्रान्समिटर हो, जुन तिनीहरूको मस्तिष्कमा हुन्छ । यसले रगतमा मिसिएको विषको न्यूरोटोक्सिक प्रभावलाई कम गर्छ । जसका कारण सर्पको विषबाट न्याउरी मर्दैनन् । तर, कहिलेकाहीँ सर्पले न्याउरीलाई मार्न पनि सक्छ ।

किन सर्प र न्याउरीको हुन्छ दुस्मनी ?

फरेस्ट वाइल्डलाइफ वेबसाइटको रिपोर्टका अनुसार न्याउरी र सर्पबीचको दुस्मनी प्राकृतिक रूपमै भएको हो । सर्पहरू न्याउरीका लागि खाना मात्र हुन् र तिनीहरूले खानाको लागि मात्र सर्पको सिकार गर्छन् ।

चाखलाग्दो कुरा के छ भने न्याउरीले प्रायः पहिला आक्रमण गर्दैन, सर्पको आक्रमणबाट आफू वा आफ्ना छोराछोरीलाई बचाउन मात्र आक्रमण गर्छ । न्याउरीलाई सबैभन्दा खतरनाक सर्प मार्ने अर्थात् सर्पको शत्रु मानिन्छ । यसले किंग कोब्रालाई पनि मार्न सक्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
संसद् स्थगित गर्दै अध्यादेश सिफारिस गर्ने सरकारी कदमप्रति कांग्रेसको आपत्ति
२०८३ बैसाख १५, मंगलबार
फेसबुक मोनिटाइजेसनमा नेपालीलाई सशक्त बनाउँदै एमडिआर टिम
२०८३ बैसाख १५, मंगलबार
कानुन विपरीतका सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु
२०८३ बैसाख १५, मंगलबार
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
२०८३ बैसाख १५, मंगलबार
कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
२०८३ बैसाख १५, मंगलबार
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार