वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

अधर्मी र विधर्मीको शासनसत्ताले धर्मसंस्कृतिमाथि प्रहार बढ्यो- डा. सुन्दरमणि दिक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले अधर्मी र विधर्मी शासनसत्तामा हुँदा देशमा धर्म संस्कृतिमाथि प्रहार झन् बढेको टिप्पणी गरेका छन् । उनले धर्म संस्कृतिमाथि एकपछि अर्को आक्रमण बढ्दा नेपाल र नेपालीको अस्तित्व नै संकटमा पर्दै गएको भन्दै आम नेपाली गम्भीर हुनुपर्ने बताए ।

रातो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको र झडपको घटना भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै डा. दिक्षितले भने, ‘अधर्मी र विधर्मी शासनसत्तामा हुँदा हजारौं वर्षदेखि चलिआएको संस्कृति र धार्मिक आस्थामाथि आक्रमण भयो ।’ उनले सरकारमा रहेकाहरु धर्म संस्कृतिमाथि आक्रमणको गोटी बन्दै गएको समेत टिप्पणी गरे ।

धर्म संस्कृति नै कुनैपनि समाज र देशको आधार हो भन्दै त्यसैमाथि प्रहार हुनुलाई चुप लागेर सहन नहुने बताए । मच्छिन्द्रनाथको रथयात्रा रोक्ने कदमले शुभ संकेत नगरेको उनको भनाई थियो ।

नेपालमा सबैभन्दा लामो समय सम्म चल्ने मच्छिन्द्रनाथको जात्राको विशेष महत्व भएको र यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुको साटो रोक्नेतर्फ लाग्नुबाट सबै गम्भीर हुनुपर्ने बताए । उनले भने, ‘लकडाउनमा केपी ओलीको समर्थनमा हजारौंको जुलुस नरोकिने, राजनीतिक दलका जुलुस नरोकिने, नेताहरु लाइन लागेर तस्बिर खिचाउने अनि हजारौं वर्ष देखि चलेको मच्छिन्द्रनाथको जात्रा रोक्ने ?’ जात्रा सञ्चालनका लागि सामाजिक दुरी कायम गरी निश्चित व्यक्तिहरुलाई मात्र सहभागी गराएर गर्न सकिने विकल्प रहेको उनले बताए ।

डा. दिक्षितले कोरोना भाइरसको रोकथामको सम्पूर्ण उपाय अबलम्बन गरी मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न सकिने हुँदाहुँदै रोक्न काम शुभ नभएको टिप्पणी गरे । उनले भने, ‘सेना र प्रहरीबाट पनि रथ तानेर सम्पन्न गर्न सकिन्थ्यो, यो किन भएन ?’ तर, उल्टै प्रहरीलाई दमनका लागि प्रयोग गरिएको भन्दै आपत्ती जनाए ।

नयाँ पीढींमा सरकारको कार्यशैलीप्रति तिव्र आक्रोश बढेको र यसले भविष्यमा बिष्फोटको रुप लिनसक्ने खतरा औल्याए । उनले भने, अधर्मी र विधर्मी शासनमा रहँदा धर्म संस्कृतिमाथि कसरी प्रहार हुन्छ भन्ने नयाँपीढीले बुझ्दै गएका छन् । यसको परिणाम खतरनाक हुनसक्छ ।

रातो मच्छिन्द्रनाथको रथारोहरणको तयारी भएको केही महिना भइसकेको औल्याउँदै भने, ‘रथयात्रा कुनै उपाय गरी चलाउनुपर्छ भनेकोमा सरकार किन चुप लाग्यो ? कोरोना भाइरसबाट बच्ने उपाय अपनाएर रथयात्रा गर्ने उपाय किन अपनाइएन ?’ सरकारबाट गम्भीर लापरबारी भएको उनको भनाई थियो ।

रथयात्रा आउँदैछ भनेर विकल्प अपनाएर गर्न सकिन्थ्यो भन्दै सरकार समस्याको हल गर्न नलागी टालटुल गर्न लागेको बताए । यसबाट सरकारको नियतमाथि प्रश्न उठेको बताए ।

सरकारमा रहेकाहरुमा जनताको जीवन देखि संस्कृतिप्रति कुनै प्रेमभाव नदेखिएको बताए । कोरोना रोकथामसँगै मानिसको जीवनलाई सहज बनाउने उपाय अपनाउनुपर्नेमा सरकार निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, चाँडबाँडको मुखमा सरकार जनतालाई भोकै मार्ने गतिविधि गर्न थालेको छ । यसले जनआक्रोश बढाउने र त्यसलाई थेग्न नसक्ने समेत औल्याए । रिपोटर्स क्लब

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा
२०८१ वैशाख २८, शुक्रबार
अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर
२०८१ वैशाख २८, शुक्रबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
२०८१ वैशाख २८, शुक्रबार
पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
२०८१ वैशाख २८, शुक्रबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
२०८१ वैशाख २७, बिहिबार
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई
२०८१ वैशाख २७, बिहिबार
एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा
२०८१ वैशाख २७, बिहिबार