श्रावण २, २०८२ शुक्रबार July 18, 2025

विश्वभर लकडाउनले खस्कियो इन्टरनेट स्पीड, २५ औं स्थानमा नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।

लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी छिमेकी मुलुक चीनमा देखिएको छ ।

जहाँ आधाभन्दा बढी मात्राले इन्टरनेट स्पीड खस्केको छ । लकडाउन अघि औषत १२.५८ एमबीपीएस रहेको चीनको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने ६.१७ प्रतिशतमा झरेको छ ।

लकडाउनकै कारण इन्टरनेट स्पीडमा भारी गिरावटको सामना गर्ने मुलुकहरुमा क्रमशः चीनपछि इन्टरनेटको स्पीड धेरै खस्किने टपटेन मुलुकमा पानामा, मादागस्कर, चिली, पेरु, कार्गिज रिपब्लिक, कोट डेल्भर, दक्षिण कोरिया र पाराग्वे छन् ।

जहाँ क्रमशः ४८.९९ प्रतिशत, ३७.७१ प्रतिशत, ३६.७७ प्रतिशत, ३६.७६ प्रतिशत, ३६.४८ प्रतिशत, ३०.७७ प्रतिशत, ३०.४५ प्रतिशत, २९.९१ प्रतिशत र २९.५१ प्रतिशतले इन्टरनेट स्पीड घटेको छ ।

विश्वभरका ११४ मुलुकमा गरिएको यो सर्भेक्षणमा ३६ करोड ४३ लाख ४० हजार ३३५ पटक स्पीड टेस्ट गरिएको थियो । जुन करोड ६९ लाख ५१ हजार ९९८ वटा युनिक आईपीमा यो टेस्ट गरिएको हो ।

एसियाली मुलुकमा औषत रुपमा इन्टरनेट स्पीड १६.३३ प्रतिशतले खस्केको छ । लकडाउन अघि २०.२७ एमबीपीएस रहेको यहाँको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने १६.९६ एमबीपीएस रह्यो । यो सर्वेक्षणमा नेपाल, भारत, चीन सहित १९ मुलुक समावेश गरिएको थियो ।

एसिया क्षेत्रमा इन्टरनेट स्पीड गिरावट गर्नेमा नेपाल आठौं स्थानमा छ । नेपाल अघि चीन, दक्षिण कोरिया, मलेसिया, श्रीलंका, बंग्लादेश, भारत र फिलिपिन्स रहेका छन् ।

लकडाउन अघि ५.५३ एमबीपीएस रहेको नेपालको औषत इन्टरनेट स्पीड लकडाउनमा १८.२५ प्रतिशतले घटेर ४.५२ प्रतिशतमा खुम्चिएको छ । यो सर्भेक्षण अवधिभर नेपालमा मात्रै एक लाख ३७ हजार ५९८ पटक स्पीड टेस्ट गरिएको थियो ।

जसमा २४ हजार १७४ वटा युनिक आईपीलाई समावेश गरिएको थियो । यो सर्वेक्षणमा योग्य नठहरिएको भन्दै सयभन्दा बढी मुलुकहरुलाई समावेश गरिएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया