जेठ २३, २०८३ शनिबार June 6, 2026

यी हुन् बच्चा जन्माएपछि मर्ने अनौठा जीवजन्तुहरू

पोथी अक्टोपसले आफ्ना अण्डाहरूको हेरचाह गर्छ र तिनीहरूलाई सुरक्षित राख्नका लागि आफ्नो शरीरको पोषण दिने गर्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संसारमा धेरै यस्ता अनौठा जीवजन्तुहरू छन्, जो आफ्ना बच्चाहरूलाई जन्म दिएपछि मर्छन् । यो प्रक्रिया प्राकृतिक हो र यी जीवजन्तुहरूको जीवन चक्रको भाग हो । आउनुहोस् केही यस्तै जीवजन्तुहरूको बारेमा जानौँ ।

अक्टोपस

मेफ्लाई

मेफ्लाईको जीवनचक्र धेरै छोटो हुन्छ । यो किरा पानीमा अण्डाबाट लार्भा भएर बन्छ र महिनौँसम्म पानीमा बाँच्छ । तर, एकपटक वयस्क भएपछि यसको मुख विकसित हुँदैन, जसले गर्दा यसले केही खान सक्दैन ।

वयस्क मेफ्लाईलाईको उद्देश्य सम्भोग गर्नु र अण्डा राख्नु हुन्छ । अण्डा दिएपछि यसले केही समयमै प्राकृतिक रूपमा प्राण त्याग गर्छ ।

साल्मन माछा

साल्मन माछाले आफ्नो जीवनको अन्त्यमा आफ्नो जन्मस्थानमा फर्केर आउँछ र त्यहाँ अण्डा दिएपछि मर्छ । यो प्रक्रिया तिनीहरूको जीवन चक्रको महत्त्वपूर्ण भाग हो । साल्मन माछा समुन्द्रबाट आफ्नो जन्मस्थान नदीको माथिल्लो भागमा फर्कन्छन् । त्यो यात्रा कठिन हुन्छ अन्ततः, तिनीहरू त्यहीँ पुगेर अण्डा दिन्छन् ।

अण्डा दिएपछि तिनको शरीरमा अत्यधिक हर्मोनल परिवर्तन आउँछ, तिनीहरूले खान छोड्छन्, शरीरमा सङ्क्रमण हुन्छ र शरीर गल्दै जान्छ । यसैले अण्डा दिएपछि साल्मन मर्छ । यो पनि एकपटक मात्र प्रजनन गर्ने जीव हो ।

प्रेयिङ म्यान्टिस

प्रेयिङ म्यान्टिसमा पोथीले सम्भोगपछि प्रायः भालेलाई खाने गर्छ । यसले प्रजनन सफल बनाउन सक्दो पोषण दिन्छ ।

अण्डा राखिसकेपछि पोथीको जीवन ऊर्जा सकिन्छ र प्रायः केही दिनमा मर्ने गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार