काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। बिहीबार मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री कार्की शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो।
भेटवार्तामा देशको पछिल्लो राजनीतिक परिस्थिति, आगामी निर्वाचन तयारी, सरकारका हालका निर्णयहरू र समसामयिक राजनीतिक मुद्दाबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।
राष्ट्रपति र प्रधानमन्त्रीबीच पछिल्ला केही दिनयता देखा परेका राजनीतिक दलहरूबीचको संवाद, सरकार सञ्चालनका प्राथमिकता र स्थायित्वका विषयमा पनि विचार विमर्श भएको बताइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया