असार २५, २०८२ बुधबार July 9, 2025

गण्डकी प्रदेशमा क्रसर उद्योगको मापदण्ड पालनामा कडाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले क्रसर उद्योग सबै जिल्लामा मापदण्ड विपरित सञ्चालन भएको भन्दै पालनाका लागि सरोकार भएकालाई जिम्मेवार बनाउने भएको छ ।

समितिको शुक्रबार बसेको भर्चुअल बैठकले प्रदेशभित्रका क्रसर उद्योग सञ्चालनबारेमा ११ वटै जिल्ला समन्वय समितिका प्रमुखसँग आगामी भदौ २४ गते छलफल गर्ने निर्णय गरेको समितिका सभापति दीपक कोइरालाले बताए ।

“प्रदेशमा यी उद्योग थपिनेक्रम छ तर मापदण्ड पालना नगरेको तथा कतिपय दर्ता, नविकरण नभएको गुनासा आएका छन्”, कोइरालाले भने,“क्रसर उद्योगलाई मापदण्ड पालना गराउनेबारेमा सबै समन्वय प्रमुखसँग छलफल गर्दछौँ ।”

बैठकमा समितिका सदस्य इन्द्रलाल सापकोटा, भागवत प्रकाश मल्ल, हरिशरण आचार्य, जनकलाल श्रेष्ठ, डोबाटे विश्वकर्मा र सरिता गुरुङले आ-आफ्नो जिल्लामा क्रसर उद्योग र अवस्थाबारे जानकारी दिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार