कार्तिक २२, २०८३ आइतबार November 8, 2026

जयकिसान माविका प्रधानाध्यापक र सहयोगी अख्तियारको फन्दामा

माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिन सुपारी लिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जयकिसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जयप्रसाद साह घुस लिने प्रयासको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेका छन्।

अख्तियारका अनुसार, प्रधानाध्यापक साहलाई शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि आरोप छ कि उनले विद्यालयमा आज हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेका थिए।

साहसँगै उनका सहयोगी अरविन्दप्रकाश साह पनि अख्तियारको फन्दामा परेका छन्। अख्तियारले दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

अख्तियारले यस घटनालाई भ्रष्टाचार नियन्त्रण र शैक्षिक क्षेत्रको पारदर्शिता कायम राख्न महत्वपूर्ण कदम भएको बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया