असोज २८, २०८२ मंगलबार October 14, 2025

राष्ट्रपति र जेन–जी प्रतिनिधिबीचको वार्ता फेरि अनिश्चित

जेन–जी युवाबीच वार्तामा कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा मतभेद देखिएपछि छलफल स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, असोज २७ । राष्ट्रपति रामचन्द्र पौडेल र जेन–जी आन्दोलनका प्रतिनिधिहरूबीच सोमबार हुने भनिएको वार्ता आन्तरिक विवादका कारण स्थगित भएको छ।

शनिबार तय गरिएको वार्ता राष्ट्रपति पौडेलको स्वास्थ्य समस्या भएपछि सोमबार सारिएको थियो। तर जेन–जी युवाबीच वार्तामा कसले प्रतिनिधित्व गर्ने भन्ने विषयमा मतभेद देखिएपछि छलफल सम्भव भएन।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका अनुसार, जेन–जी समूहभित्र सहमति नबनेका कारण वार्ता स्थगित गरिएको हो।

सरकारले शनिबार केही युवालाई आधिकारिक प्रतिनिधि तोकेपछि अन्य समूह असन्तुष्ट बनेका थिए। उनीहरूले “हाम्रो प्रतिनिधित्व बिना वार्ता अस्वीकार्य छ” भन्दै नाराबाजी गरेका थिए।

राष्ट्रपति कार्यालयले भने, “राष्ट्रपतिज्यू वार्ताका लागि तयार हुनुहुन्छ, तर प्रतिनिधि टुंगो नलागेसम्म नयाँ मिति तोकिएको छैन,” जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया