कार्तिक २५, २०८३ बुधबार November 11, 2026

जसपा सांसद सरोजकुमार सिंह सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विभिन्न उपभोक्ता समितिहरू गठन गरी भ्रष्टाचार गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद कुशवाहासहित १६ जनाविरूद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

उनीहरूलाई विभिन्न उपभोक्ता समितिहरू गठन गरी भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया