भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम

सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, ३१ असोज : नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक डा कमल लामिछानेले कर्णाली प्रदेशभर फोरजी तथा फाइबर नेट सेवाको पहुँच विस्तार गरिने बताउनुभयो । उहाँले अहिलेसम्म यहाँका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको जनाउनुभयो ।

“ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ कार्य थालेका छौँ”, उहाँले भन्नुभयो, “थप ५० पालिकासम्म सेवा सर्भेका काम पनि भइरहेका छन् । कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण सुर्खेतसम्म जोडिनेबित्तिकै फाइबर नेट सेवा विस्तार गर्न सहज हुन्छ ।” फाइबर नेटको सेवा विस्तार सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि जोड्ने तयारीमा रहेको उहाँको भनाइ थियो ।

सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्न थालिएको बताउँदै निर्देशक डा लामिछानेले दैलेख, कालीकोट, जुम्ला सिञ्जासम्म फाइबर नेटको सेवा विस्तारको काम भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार यसका लागि प्राविधिकहरूले घरदैलोको काम गरिरहेका छन् । केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेत लेखफर्सालगायत १० वटा स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ ।

सोलार सिस्टम र विद्युतीकरणको पाटो बलियो भएमा सञ्चार सेवा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । विद्युतीकरणका लागि प्रदेशभरिमा ३० वटा साइटका लागि विद्युत् प्राधिकरणलाई पेश्की उपलब्ध गराइसकेको जनाउँदै उहाँले दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा पुगिएको र डिजिटल कर्णाली कन्क्लेभको परिकल्पनाअनुसार काम भइरहेको बताउनुभयो ।

बिटीएसबाट डोल्पा जिल्लाको मुड्केचुलामा काम भइरहेको जनाउँदै त्यसो नभएको खण्डमा रिङ नेटबाट सेवा सञ्चालन गर्ने र सुर्खेत आसपासका क्षेत्रमा फोरजीको सेवा विस्तार गर्ने उहाँले जनाउनुभयो । हुम्लाको हिल्सामा पनि यही वर्षमा फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार