असोज ६, २०८३ मंगलबार September 22, 2026

रातो मच्छिन्द्रनाथको रथ आज सोह्रखुट्टे पाटीसम्म तानिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः ललितपुरको रातो मच्छिन्द्रनाथको रथ आज तानिले भएको छ । कोरोनाको जोखिमका कारण अन्योलमा परेको रथलार्ई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिन लागेको हो । यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।

जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका हुन् । रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गाः बहालमा भेला हुने बताइएको छ । रथ तान्नेहरूको पहिचानको लागि काय्गुननी टोलले १६० वटा टिसर्ट र १६० वटा टोपीको व्यवस्था गर्ने भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ । दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पु¥याइने तयारी गरिएको हो ।

भोलि भुज्या मनाउने तथा मूर्तिलाई बुङ्गमती लैजाने साइत हेरिनेछ भने साइत जुरेमा २६ गते रातो मच्छिन्द्रनाथलाई बुङ्गमती प्रस्थान गरिनेछ । यसैसँगै २०७७ सालको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार