काठमाडौंः बालिका अपहरण गरेको आरोपमा प्रहरीले दुइ एम्बुलेन्सु सहित ३ जनालाइ नियन्त्रणमा लिएको छ ।
प्रहरीले मोरङ पथरी शनिश्चरे नगरपालिका–८ का सुजन रणपहेलीसँगै एम्बुलेन्स चालकहरु पथरी शनिश्चरे–६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षीका ३६ वर्षीय पूर्णबहादुर तामाङलाई अपहरण कार्यमा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।
अपहरणमा परेकी बालिकालाई जवरजस्ती एम्बुलेन्समा लाँदै गर्दा भक्तपुर र काभ्रेको सीमा साँगाबाट प्रहरीले उद्धार गरेको छ । अपहरण कार्यमा संलग्न सुजनले ती बालिका अपहरण गर्न दुईवटा एम्बुलेन्स प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका तीनैजनालाई अपहरण तथा ज्यान मार्ने र बेच्ने मुद्दामा म्याद थपिएको छ । प्रहरीले बालिकावाट दुई लाख रुपयाँ समेत बरामद गरेको छ । बालिकाकी आमाले गएको केही दिनअघि एक फाइनन्सबाट ऋण लिएकी थिइन् । सोही रकमको लोभमा सुजनले ती बालिकालाई अपहरण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया