काठमाडौंः प्रतिनीधि सभाका सांसद प्रेम सुवाललाइ कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालको कोरोना रिपोर्ट पोजेटिभ आएको हाे ।
उनले कोरोना भाइरस संक्रमणको आशंकामा भदौ १५ गते स्वाव परिक्षण गराएका थिए । शनिबार आएको रिपोर्टमा उनको नतीजा पोजेटिभ आएको हो । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो।
अहिले उनी होम आइसोलेसन्मा बसेका छन् । साथै आफ्नो सम्पर्कमा आएकाहरुको सबैको कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने बताएका छन् । रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया