श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एसईई विद्यार्थीका लागि एनसेलको विशेष अफरसहित ‘पहिलो सिम’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र १ रुपैयाँमा प्रिपेड सिम खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन् ।

यो योजना बिहीबार (भदौ १८) देखि लागू भएको एनसेलले जनाएको छ ।  पहिलो सिम लिनका लागि विद्यार्थीको एसईई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी र एकप्रति फोटो आवश्यक पर्छ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैँ सम्पर्कमा रही रहनुपर्ने पाँचवटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । नम्बरहरु माइफाइभ समूहमा राखेपछि विद्यार्थीले पहिलो ३० दिनसम्म ती नम्बरमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीले ती नम्बरमा मात्र ९९ पैसा प्रतिमिनेटमा ११ महिनासम्म कुराकानी गर्न सक्छन् ।

विद्यार्थीले एस्ट्रिक्स५५४४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँचवटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा पाँचवटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाएर अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरातसम्ममा १०० रुपैयाँ वा त्यसभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनस प्राप्त गर्छन् । साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक १०० रुपैयाँबराबरको खर्चमा ग्राहकले तीन दिनको समय सीमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिमअन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाका लागि रहनेछ ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा एनसेल आजियाटा निकै खुसी रहेको कम्पनीले जनाएको छ । हाल विभिन्न जिल्लामा स्थानीय प्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामका लागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनका लागि पहिले नजिकैको एनसेल सेन्टर खुला रहे/नरहेको बुझेरमात्र सिम लिनको लागि सतर्कता तथा सुरक्षा मापदण्ड अपनाई एनसेल सेन्टरमा जान अनुरोध गरिएको छ ।

विद्यार्थीले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स१७११८ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्युजिक र गेमिङ प्याकका लागि पनि विभिन्न अप्सन छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आवश्यकताअनुसारको प्याक खरिद गर्न सक्छन् ।

चार वर्षदेखि हरेक वर्ष एनसेल आजियाटाले यो अफर एसईई विद्यार्थीका लागि प्रदान आएको छ । योजना सुचारु भएको दिनदेखि ९० दिनसम्म मान्य रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया