मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

एकैदिन ९ जनाको कोरोना संक्रमणबाट ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गैतमले २ महिला र ७ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकाे जानकारी दिए ।

मृत्यु हुनेमा मोरङकी ६४ बर्षिया र झापाकी ४५ बर्षिया महिला रहेका छन् । यस्तै काठमाडौंका ७४, ६८ र ८५ बर्षिय ३ पुरुष, मोरङका ४५ बर्षिय पुरुष, पर्साका ७ बर्षिय पुरुष, धनुषाका ३५ बर्षिय पुरुष र चितवनका ७० बर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

देशभर आज ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३८२ जनामा पीसीआर परिक्षण गर्दा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ८ सय १४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २८ हजार ९४१ पुगेको छ । यो संख्या कुल संक्रमितको ६३ प्रतिशत हो । आज देशभर ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया