कार्तिक ७, २०८२ शुक्रबार October 24, 2025

आज शुक्रबार, कस्तो रहला तपाइँको दैनिक राशिफल ?

मिन राशिलाई शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढाउने छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।वृष : दिन राम्रो छ। काम सफल बन्नेछ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा विदेशमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।

मिथुन : दिन सामान्य छ। संकटमा साथीले असहयोग गर्नेछन्। आफ्नो मूल्यांकन गर्न नसक्दा खटपटी बढ्ने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ला।कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट नाफा हुनेछ। सम्पत्ति खर्च भए पनि राजनीतिमा तपाईंको चर्चा हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट लाभ हुनेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ।

सिंह : दिन सामान्य छ। मनमा चिन्ता बढ्ने जोखिम छ। साथीसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अगाडि बढ्दा दिन सहज बन्नेछ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी लगानीबाट नाफा हुनेछ। विपक्षी शान्त रहेकाले सोचेको काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने दिन छ।

तुला : आजका लागि तपाईंको दिन धेरै राम्रो छ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। लगानीका क्षेत्रमध्ये स्वदेशमा विकल्प देखिने छन्। परिवारको हातबाट गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थयमा समस्या बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

धनु : दिन सामान्य छ। सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ। लगानी नगर्नु उचित हुन्छ। परिवालाई समय दिन नसक्दा खटपटी बढ्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ।

मकर : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि राजनीतिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। नेतृत्वको साथ र सहयोग मिल्नेछ। विपक्षी बौद्धिक भएकाले नम्र भएर काम गर्नुपर्नेछ। शिक्षामा फाइदा हुने योग छ। संकटमा परिवारको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सानो कुराले काममा अवरोध हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने छ। धार्मिक क्षेत्रमा समय कटाएमा दिन सहज बन्नेछ। धार्मिक क्षेत्रमा तपाईंको रुचि बढ्नेछ।

मीन : दिन सामान्य राम्रो छ। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति नभए पनि परिवारको साथ र सहयोग प्राप्त हुनेछ। विज्ञको सुझाव लिएर काम गर्नु उचित हुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गायिका नितु पौडेलको आत्मदाह प्रयासपछि कीर्तिपुर बर्न अस्पतालमा निधन
२०८२ कार्तिक ७, शुक्रबार
‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी
२०८२ कार्तिक ७, शुक्रबार
माइतिघरमा जेनजीको धर्ना, जेनजी सम्मेलनको माग
२०८२ कार्तिक ७, शुक्रबार
नेकपा एसको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने
२०८२ कार्तिक ७, शुक्रबार
गृहमन्त्री अर्यालमाथि लगाइएको आरोप असत्य रहेको पशुपति क्षेत्र विकास कोषको दाबी
२०८२ कार्तिक ७, शुक्रबार
शहरबासी सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती
२०८२ कार्तिक ७, शुक्रबार
प्रधानमन्त्री भेट्न काठमाण्डौं मेयर बालेन बालुवाटारमा, जेन जी आन्दोलनको मागबारे छलफल
२०८२ कार्तिक ७, शुक्रबार