कार्तिक २९, २०८३ आइतबार November 15, 2026

आज बिहीबार, बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल

वृषलाई आज सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : आफन्त तथा घर परिवारसँगको भेटघाटले मन प्रसन्न हुनेछ । पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुमधुर हुनेछ । तर पनि स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरू प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटीले ऊर्जा तथा आत्मविश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रूपमा घाटा लाग्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। दाजुभाइ तथा दिदी बहिनीहरू बिचको प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ। व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । आफन्त,दाजुभाइ तथा दिदीबहिनीहरूसँगको भेटमा रमाइलो गर्दै समय व्यतीत हुनेछ । खानपान, मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले समयमा कामहरू बन्नेछन् । भौतिक सम्पत्ति तथा विलासी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको । आफन्त तथा दिदीबहिनीबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापार कमै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायिक फस्टाएर जानेछ । दिदीबहिनी सँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तर पनि राजनीति तथा समाजसेवीहरूले समाजमा काम देखाउन नसक्दा विश्वास जित्न अलि बढी नै समय खर्चनु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ । दाजुभाइ, दिदीबहिनी सँगको सम्बन्धमा सुधार भएर जानेछ । भेटघाट, मिष्टान्न भोजन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : परिवार, दाजुभाइ तथा दिदीबहिनीसँगको सम्बन्ध सुमधुर हुनेछ । परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । रात्रिकालीन साङ्गीतिक कार्यक्रममा सहभागी हुन पाउँदा मन प्रसन्न हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । दिदीबहिनी तथा दाजुभाइको सम्बन्धमा सुमधुरता थपिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ । दिदीबहिनी तथा दाजुभाइ बिचको सम्बन्ध थप सुधार हुने तथा उपहार प्राप्तिको योग रहेको ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : दाजुभाइ तथा आफन्तबाट भनेजस्तो सहयोग हुनेछ । माया प्रेममा सामीप्य बढेर जाने ग्रहयोग रहेको । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । खोजमूलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुचि बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी दिन राम्रो रहेको । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक मिलन तथा दाजुभाइ तथा दिदी बहिनी बिचको सम्बन्ध झन् प्रगाढ भएर जानेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार
नेपालका तीन प्रदेशका २५ लाख हेक्टर वन क्षेत्रमा कार्बन कार्यक्रम सञ्चालन गरिने
२०८३ कार्तिक २८, शनिबार