कार्तिक २९, २०८३ आइतबार November 15, 2026

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्थप सुदृढ पार्न यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । उहाँले दीर्घायु, स्वच्छता, सात्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामना गरी मनाउने छठ पर्वले सूर्य देवको आराधना गरी सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर शुभ हुँदै जाने जनविश्वास रहेको उल्लेख गर्नुभएको छ ।

“सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृतिप्रतिको सम्मान तथा पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यवद्धता प्रकट गर्न सहयोग पुग्ने देखिन्छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा गर्दै छठी माताको पूजा, अर्चना तथा व्रत गरी रातभर नदी, खोला, पोखरी तथा तालतलैयाको किनारमा जाग्राम बसी धुमधाम एवं हर्षोल्लासका साथ यो पर्व मनाउने चलन रहेको उल्लेख गर्नुभएको छ । उहाँले खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठ हाल आएर काठमाडौँ उपत्यकालगायत अन्य पहाडी र हिमाली जिल्लामा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै जानु खुसीको विषय भएको बताउनुभएको छ ।

नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछ भनी राष्ट्रपति पौडेलले कामना गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार
लगानी आकर्षित गर्न ५९ वटा ऐन फेरिँदै
२०८३ कार्तिक २९, आइतबार
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
२०८३ कार्तिक २८, शनिबार
रानीकोट गढीको उत्खनन र संरक्षण गर्न मुख्यमन्त्री थापामगरको ध्यानाकर्षण
२०८३ कार्तिक २८, शनिबार
राप्रपा महाधिवेशन : मंसिर ४ देखि प्रतिनिधि छनोट प्रक्रिया सुरु हुने
२०८३ कार्तिक २८, शनिबार
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
२०८३ कार्तिक २८, शनिबार