काठमाण्डाैंः बर्दियामा आईतबार एकै दिन ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा बर्दियाका ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका ४३ जना मध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र पाँच जना बर्दिया जिल्ला बाहिर ठेगाना रहेकाहरु छन् । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार संक्रमित पुष्टि भएका मध्ये ४२ जना बाँसगढीमा रहेको सिजी फुड कम्पनीमा कार्यरत कर्मचारी हुन् । संक्रमण पुष्टि भएकामा २९ जना महिला मात्र रहेका छन् ।
यसअघि सोही कम्पनीमा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको कन्याक्ट ट्रेसिङ गर्दा यति धेरैजनामा संक्रमण देखिएको प्रमुख गिरीले बताउनुभयो ।
एकैदिन धेरैजनामा काेराेना पुष्टि भएकाे याे पहिलाे पटक हाे । एकैपटक धेरैमा काेराेना देखिए पछि बाँसगढी नगरपालिका केही दिनका लागि शिल गर्ने प्रशासनले तयारी गरेकाे छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया