काठमाण्डाैंः नेपाल एअरलाइन्सलले नियमित उडानको भाडादर महंगो भएको आम सर्वसाधारणको गुनासोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आईतबार कम्पनीले हवाईभाडा निर्धारण गर्दा क्लासमा वर्गीकरण गरेर गर्ने भएकाले भाडा बढी र कम हुने निगमले स्पष्ट पारेको हो ।
यस्तै मलेसिया – काठमाण्डौं र दुबई – काठमाण्डौंका लागि भने फरक फरक भाडा निर्धारण गरिएको छ । मलेसिया – काठमाण्डौका लागि एअरलाइन्सको भाडादर चार प्रकारको छ । सबैभन्दा महंगो २००३ मलेसिया रिंगिट र सस्तोमा १४५८ रिंगिट रहेको छ । कुनै क्लासको १८२० रिंगिट त कुनैको लागि १६२८ रिंगिट तोकिएको एअरलाइन्सले जनाएको छ ।
यस्तै दुबई – काठमाण्डौंका लागि पनि चार प्रकारकै भाडादर रहेको छ । सबैभन्दा महंगो २१२० दिनार र सस्तोमा १४४० दिनार रहेको छ । बाँकी कुनै क्लासको १८२० र १७२० यूएई दिनार तोकिएको छ । उ
डान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने जनाइएको छ । एअरलाइन्समार्फत फर्कने यात्रु सबैको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया