कार्तिक १२, २०८२ बुधबार October 29, 2025

तत्कालीन प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका–४ को शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापक रविलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन प्रधानाध्यापक लुइटेलसहित विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, तत्कालीन लेखापाल छविलाल गाहाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरुले विद्यालयलका लागि कम्प्युटर, प्रिन्टर र प्राजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार गरे-गराएको, विद्यालय कोषको रकमसमेत हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

अख्तियारका अनुसार उनीहरुले गत आर्थिक वर्ष २०७८/७९ मा विद्यालयलाई आइसिटी कार्यक्रमअन्तर्गत प्राप्त भएको छ लाख ५० हजार रुपैयाँ रकमबाट मिति २०७० असारमा डेस्कटप कम्प्युटर ७ थान, प्रोजेक्टर १ थान, ल्यापटप १ थान, प्रिन्टर १ थानलाई ६ लाख ७४ हजार ४५ मा खरिद गरी सो सामानहरूमध्ये दुई थान कम्प्युटर र एक–एक थान प्रिन्टर प्रोजेक्टर विद्यालयमा नलगी विद्यालयमा लगेको भनी नक्कली दाखिला प्रतिवेदन तयार गरेको पाइएको हो ।

विद्यालय व्यवस्थापन समितिको निर्णयबेगर प्रधानाध्यापक सापटी स्वरूप दुई लाख ५४ हजार ६६७ रुपैयाँ बराबरको रकम प्रधानाध्यापकको नाममा चेक काटेको र विद्यालयको कोषबाट निकालेको पाइएको छ । उक्त पैसा विद्यालयमा फिर्ता नगरी कुल जम्मा चार लाख ७१ हजार ६६७ बराबरको हिनामिना तथा हानी नोक्सानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया