कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

दर्शनार्थीलाई सहज बनाउन मुक्तिनाथमा सशस्त्रद्वारा हेल्थ डेस्क स्थापना

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १२ कात्तिकः मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्योपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।

आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी करिब दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं ३३ गुल्मको टोली खटिएको थियो । त्यस क्षेत्रमा हिमपात भएको र एक्कासी चिसो बढेका कारण धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको छ । उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचारसमेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैबीच सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ । हिउँ पन्छाउनका लागि आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन् । बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब कुनै पनि संस्थाले अनलाइन सञ्चारमाध्यम सञ्चालनको लागी ५ हजार रुपैयाँ दस्तुरसहित निवेदन दिनुपर्ने
२०८२ कार्तिक १४, शुक्रबार
ओली–लेखकको राहदानी रोक्का सम्बन्धमा सरकारसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
२०८२ कार्तिक १४, शुक्रबार
दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस नेपाल प्रिमियर लिगमा, बिराटनगर किंग्सले गरे अनुबन्ध
२०८२ कार्तिक १४, शुक्रबार
आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता
२०८२ कार्तिक १४, शुक्रबार
पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : उपसभापति वाग्ले
२०८२ कार्तिक १४, शुक्रबार
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार