काठमाडौँ । दक्षिण अफ्रिकाका पूर्व कप्तान र स्टार ब्याट्सम्यान फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने भएका छन् । उनी यसपटक बिराटनगर किंग्सबाट खेल्ने भएका हुन् ।
फ्रेन्चाइज टोलीले बिहीबार डु प्लेसिसको अनुबन्धको औपचारिक घोषणा गर्दै आगामी लिगका लागि उनको आगमनले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने जनाएको छ।
विश्व क्रिकेटका चर्चित नाममध्ये एक रहेका डु प्लेसिसले इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को कप्तानी समेत सम्हालेका थिए। उनले आईपिएल, बिग ब्यास लिग, क्यारिबियन प्रिमियर लिग लगायतका शीर्ष टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
एनपिएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। प्लेसिसको सहभागिताले लिगको आकर्षण अन्तर्राष्ट्रिय स्तरमा बढ्ने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया