कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

विश्वकप क्रिकेट लिग–२ : नेपालले टस जितेर ब्याटिङ गर्दै

लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  कात्तिक १३ गते ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । युएईले पहिला फिल्डिङ गर्नेछ ।

जारी शृङ्खलामा दुवै टोली आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएका छन्  । नेपाल अमेरिकासँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । यता युएईले पनि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो । दुवै टोली पहिलो जितको खोजीमा छन् ।

एक दिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा नेपाल र यूएईले हालसम्म १५ पटक एक दिवसीय खेल खेलेको छ । जसमा नेपाल नौ खेलमा विजयी भएको छभने बाँकी ६ खेल युएईले जितेको छ ।

लिग–२ को अङ्क तालिकामा अमेरिका २२ खेलमा ३२ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्ड ३० अङ्कसहित दोस्रो स्थानमा छ । त्यस्तै १७ खेलमा १२ अङ्क जोडेर नेपाल सातौँ स्थानमा छ । समान खेल खेलेको युएई ६ अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।

युएईविरुद्धको खेलको प्लेइङ ११ मा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजबंशी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार