मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

कालीगण्डकीको आलमदेवीमा आजदेखि पुरुष भलिबल सुरु हुँदै

विजेता टिमलाई एक लाख ३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

स्याङ्जा, कात्तिक १२ गते । कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।

३९ वर्षदेखि हरिबोधनी एकादशीको अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पनि जनज्योति क्लबले आयोजना गरेको हो ।

क्लबका अध्यक्ष टोपबहादुर रानाले खेल हरिबोधनी एकादशीको दिनमा सकिने र लिग प्रणाली खेलाइने बताउनुभयो ।

प्रतियोगिताको विजेता टिमलाई एक लाख ३० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोले ८० हजार, तेस्रोले ४० हजार र सान्त्वना टिमले २० हजार रुपियाँसहित शिल्ड, मेडल  प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै, वेष्ट प्लेयरलाई तीन हजार रुपियाँ तथा विधागत पुरस्कार अन्तर्गत वेष्ट ब्लकर, सेटर, डिफेन्डर, स्पाइकर, सर्भर र कोचलाई जनही एक हजार पाँच सय रुपियाँ प्रदान गर्ने रानाले बताउनुभयो ।

३९ वर्षको परम्परा निरन्तरता दिनु हाम्रो गर्व भएको बताउदै यस पटक पनि स्थानीय टिमहरूको सहभागिताले प्रतियोगितालाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने विश्वास रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार