कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले दिए राजीनामा

मुख्य प्रशिक्षक म्याट रसले राजीनामा पास भएको जानकारी आउन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ, १३ कार्तिक । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राईका अनुसार रसले ह्वाट्स एपबाट आफूले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले दुई दिन अगाडि नै राजीनामा दिएका हुन् । उनको नेतृत्वमा नेपालले एसिया कप छनोटमा भियतनामविरुद्ध हो चि मिनमा दुई खेल खेलेका थियो । त्यस अगाडि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो र त्यो गोलरहित बराबरीमा टुंगेको थियो ।

प्रशिक्षक रसले राजीनामा किन दिए, त्यसबारे पूरा जानकारी आउन भने बाँकी नै रहेको छ । उनको नेतृत्वमा नेपालले अहिलेसम्म सात खेल खेलेको छ ।

अस्ट्रेलियाली प्रशिक्षक रस २०८१ फागुन १८ गते नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनीसँग विभिन्न देशको टोली र क्लब गरी करिब २० वर्ष फुटबल प्रशिक्षणको अनुभव रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार