कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, सङ्क्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको सङ्ख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १३ कात्तिक । अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा क्रियाशील संस्था करुणा फाउण्डेसन नेपालले देशभरका ४२८ जनालाई कृत्रिम हात वितरण गर्ने भएको छ ।

फाउन्डेशनले आज एक विज्ञप्ति जारी गरी जर्मन ह्यान्ड्स प्रोजेक्टको सहकार्यमा सञ्चालन हुने सहयोग अभियानअन्तर्गत पहिलो चरणमा कोशी प्रदेशमा निःशुल्क कृत्रिम हात वितरण गर्न लागिएको जनाएको छ ।

फाउण्डेसनका सह निर्देशक दिनेश ढकालले यही कात्तिक १७ गतेदेखि २६ गतेसम्म कोशी प्रदेशको इटहरीमा कार्यक्रम सञ्चालन हुने र त्यस क्रममा २०४ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने बताए । हालै कृत्रिम हातको आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेकामा देशभरका ४२८ जना सूचीकृत भएका जनाउँदै उनले पहिलो चरणमा कोशी प्रदेशका लाभग्राहीहरूलाई प्राथमिकता दिइएको बताए ।

यस्ता लाभग्राहीमा भोजपुरका १०, इलामका तीन, झापाका ६१, खोटाङका २५, मोरङका १४, ओखलढुङ्गाका १९, पाँचथरका २२, सोलुखुम्बुका आठ, सुनसरीका आठ, तेह्रथुमका दुई र उदयपुरका २५ जना रहेका फाउण्डेशनले जनाएको छ ।

“यसरी वितरण तथा जडान गरिने हात हल्का, सहज र प्राकृतिक देखिने खालका छन् । कृत्रिम हात पाएका व्यक्तिहरूले खाना पकाउने, लेख्ने, वस्तु समात्ने, कपडा लगाउने, खेतीपाती तथा व्यावसायिक कामहरूमा सहजता पाउनेछन्”, सह निर्देशक ढकालले भने, “पहिलो चरणमा कोशीमा सुरु हुने कार्यक्रममा प्रत्येक दिन २० देखि २५ जना लाभग्राहीलाई दुई समूहमा विभाजन गरी हात जडान गरिनेछ । यस कार्यका लागि जर्मनी, न्युजिल्याण्ड र युगान्डाका विज्ञहरूको टोली नेपाल आउँदैछ ।”

फाउण्डेसनले यस अभियानले हात गुमाएका व्यक्तिलाई पुनः आत्मबल र आत्मनिर्भर जीवनतर्फ फर्काउन मद्दत पु¥याउने विश्वाससमेत लिइएको जनाएको छ । नेपालमा हरेक वर्ष दुर्घटना, करेन्ट, सङ्क्रमण वा अन्य कारणले हात गुमाउने व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको र हाल देशभर करिब ५० हजारभन्दा बढी व्यक्तिले विभिन्न प्रकारका कृत्रिम अङ्ग प्रयोग गरिरहेको पनि फाउण्डेसनले उल्लेख गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब कुनै पनि संस्थाले अनलाइन सञ्चारमाध्यम सञ्चालनको लागी ५ हजार रुपैयाँ दस्तुरसहित निवेदन दिनुपर्ने
२०८२ कार्तिक १४, शुक्रबार
ओली–लेखकको राहदानी रोक्का सम्बन्धमा सरकारसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
२०८२ कार्तिक १४, शुक्रबार
दक्षिण अफ्रिकी स्टार फाफ डु प्लेसिस नेपाल प्रिमियर लिगमा, बिराटनगर किंग्सले गरे अनुबन्ध
२०८२ कार्तिक १४, शुक्रबार
आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता
२०८२ कार्तिक १४, शुक्रबार
पुराना उपलब्धिको ग्रहण गर्दै सच्चिएर अघि बढ्नुपर्छ : उपसभापति वाग्ले
२०८२ कार्तिक १४, शुक्रबार
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन पेस
२०८२ कार्तिक १४, शुक्रबार
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार