काठमाण्डौंः कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुको अंग झिक्ने गरिएको भनेर हल्ला फैलाउने एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ती युवकले कोरोना संक्रमणबाट मृत्यु भएका मानिसहरुको अंग झिक्ने गरिएको भन्दै विभिन्न युट्युव च्यानलहरुमा अन्तरवर्ता दिने सुवास सुब्बा लिम्बुलाइ सोमबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
उनी ललितपुरको ढोलाहिटी स्थीत उनको अन्तिम विकल्प आयुर्वेद क्लिनिकबाट पक्राउ परेका हुन् । लिम्बुलाई जनमानसमा झुटो भ्रम फैलाएको कसूरमा कारबाही हुने प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया