काठमाण्डौंः नेपाल राष्ट्र बैंकले आगामी तीन दिन बैंकका राजस्व शाखा कार्यालयहरु अनिवार्य खुला राख्नको लागि निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलवारदेखि बिहीवार सम्मका लागि राजश्व शाखा कार्यालयहरु अनिवार्य खुला गर्नका लागि निर्देशन दिएको हो ।
निषेधाज्ञाकै समयावधिमा सरकारले कर तिर्नका लागि ताकेता गरेसँगै राष्ट्र बैंकले सबै बैंकको क्लियरिङ सम्बन्धि काम गर्ने काउन्टरहरु तथा नेपाल क्लियिङ हाउसलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको जनाएको छ ।
हाल उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञाकै बीचमा कर तिर्न आउन राजश्व कार्यालयले पत्र काटेपछि निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आइवतार गुनासो समेत गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया