काठमाण्डौंः नेपाली बजारमा मंगलबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी ब्यबसायी महशासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रूपैयाँ तोकिएको छ ।
सुनको मुल्य सोमबारको तुलनामा रु ३०० ले घटेको हो । सोमबार छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया