भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

करदाता सेवा कार्यालय खारेजसँगै प्यान कार्ड अब स्थानीय तहबाटै

स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका मुख्य सेवा अब सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालय खारेज गरिएको छ । विभागले यी कार्यालयका जिम्मेवारी अन्य निकायमा पुनः बाँडफाँट गरिएको जानकारी गराएको हो ।

विभागका अनुसार स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका मुख्य सेवा अब सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्न सकिनेछन्। स्थानीय तहमा सो व्यवस्था कार्यान्वयन हुन समय लागेमा सेवाहरू हालका सम्बन्धित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फतै प्रदान गरिनेछ ।

धेरैजसो सेवा—जस्तै कर भुक्तानी, करचुक्ता प्रमाणपत्र—अनलाइन प्रणालीमार्फत उपलब्ध हुने विभागले स्पष्ट पारेको छ। करदाताको पहुँच सजिलो बनाउने तथा सेवा प्रवाहलाई प्रविधिमैत्री र विकेन्द्रीकृत गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ।

यद्यपि वैकल्पिक संरचना पूर्ण रूपमा कार्यान्वयन नहुँदासम्म हालका करदाता सेवा कार्यालयबाटै सेवा संचालन जारी रहने विभागले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार