भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

तेस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी आजदेखि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ कात्तिकः तेस्रो परा हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी आजदेखि सुरु भएको छ । हिमालय आसपासका देशहरूका विज्ञ तथा सञ्चार अनुसन्धानकर्ता सहभागी सम्मेलनमा ४० वटा शोधपत्र प्रस्तुत हुनेछन् ।

May be an image of one or more people, newsroom and textचीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी) र त्रिवि पत्रकारिता विभागको आयोजनामा सुरु भएको गोष्ठीमा आमसञ्चार एआई क्षेत्रीय साझेदारी विपद् सञ्चार पहाडी महिला सहभागिता सम्बन्धित विषयमा प्रमुख वक्ताहरूले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

युनिभर्सिटी अफ टेक्ससका अरविन्द सिङ्घाल, त्रिवि रेक्टर प्राध्यापक खड्ग केसी, छिङ्ह्वा विश्वविद्यालयका प्रध्यापक चन छङ्फङ, जवाहरलाल नेहरू विश्वविद्यालयका प्रध्यापक मनकोण्डा रवीन्द्रनाथ, पञ्जाव विश्वविद्यालयका प्रध्यापक अविधा अस्रफ, कुमाउ विश्वविद्यालयका प्रध्यापक दीपिका पन्त, त्रिवि पत्रकारिता विभागका प्रमुख कुन्दन अर्याल, पान हिमालय कम्युनिकेसन सेन्टरका निर्देशक प्रध्यापक हान होङलगायतले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सङ्गोष्ठीका क्रममा डिजिटल सिल्क रोड, साझा भविष्यका लागि समुदायको विकास क्षेत्रीय साझेदारीर राजनीतिक परिवर्तन, जेनजी तथा डिजिटल मिडियालगायत विषयमा शोधपत्रहरू पनि प्रस्तुत गरिनेछ । यसैबीच सङ्गोष्ठप्का क्रममा आज त्रिविको जनप्रशासन विभाग र युइएसटिसीको स्कुल अफ पब्लिक एडमिनिस्ट्रेसनको साझेदारीमा ‘रिसर्च सेन्टर फर डिजिटल एण्ड इन्टेलिजेन्स गभर्नेन्स इन पान हिमालय रिजन’को घोषणा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट
२०८३ भाद्र ६, शनिबार
सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ
२०८३ भाद्र ६, शनिबार
इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति
२०८३ भाद्र ५, शुक्रबार
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ५, शुक्रबार
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
२०८३ भाद्र ५, शुक्रबार
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
२०८३ भाद्र ५, शुक्रबार
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’:महामन्त्री
२०८३ भाद्र ५, शुक्रबार